Logo

टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै



काठमाडौं, फागुन ३ । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी अध्ययन) तयार पारेको थियो ।

सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए अध्ययन गरेर प्रतिवेदन तयार गर्न आग्रह गरेको छ । सोहीअनुसार सडग विभागले ईआईए अध्ययन गर्ने भएको हो ।

विभागले करिब २ महिना पहिला ईआईए अध्यनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुमति मागेको थियो । विभागका महानिर्देशक अर्जुनजंग थापाले वन मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया नजनाएको बताए ।

काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंहस्थित छहरेफाँट जोड्ने सुरुङमार्ग निर्माणका लागि टोखा–छहरे सुरुङमार्ग निर्माण योजना स्थलमा शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले पनि ईआईए अध्ययनको स्वीकृति पाउन केही समय बढी लाग्न सक्ने अनुमान विभागले गरेको छ ।

ईआईए अध्ययन सम्पन्नपछि सडक विभागले चिनियाँ टोलीलाई नेपाल बोलाएर थप छलफल गरी सम्भाव्यता अध्ययनको चरणमा पुग्ने विभागले बताइएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्