Logo

त्रिकोणात्मक सिरिज : नामेबियाको दोस्रो हार



काठमाडौं, ३ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नामेबियालाई पराजित गरेको छ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा भएको खेलमा स्कटल्याण्डले टस जित्दै पहिला बलिङ् रोजेको थियो।

नामेबियाले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ् उत्रेको स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य भेटाएको हो।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले ६१ बलमा १०३ रनको योगदान गरेका छन्।

नामेबियाको यो लगातार दोस्रो हार हो। नामेबिया हिजो नेपालसँग पनि पराजित भएको थियो।



प्रतिक्रिया दिनुहोस्