Logo

ग्यास सिलिण्डर बिस्फोट : भण्डारीको अवस्था बुझ्न कीर्तिपुर अस्पतालमा देउवा



काठमाडौं, फागुन ४ । ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् ।

बुद्धनगरस्थित निवासमा बुधबार राति करिब १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका भण्डारी र उनकी आमाको अवस्था बुझ्न कांग्रेसका नेता रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र एमाले नेता प्रदीप ज्ञवाली लगायतका नेताहरू अस्पताल पुगेका छन् । सांसद भण्डारी र उनकी आमालाई आइसियुमा राखेर उपचार गरिएको छ। file photo

 



प्रतिक्रिया दिनुहोस्