काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामेबियाको पाँचौ विकेट करन केसीले लिएका छन्।
नामेबियाका ब्याट्सम्यान जन निकोल ३० बलमा १५ रन जोड्दै आउट भएका हुन्।
टस हारेर ब्याटिङ् गरिरहेको नामेबिया ताजा अवस्थामा ५ विकेट गुमाउँदै ३७.३ ओभरमा १३८ रनमा खेलिरहेको छ।
लामिछानेले ३ विकेट लिएका छन् भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका छन्।




प्रतिक्रिया