Logo

राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए



काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ।

निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ।

यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।



प्रतिक्रिया दिनुहोस्