Logo

पुरानै गठबन्धन ब्युँताउने खेलमा दाहाल–देउवा, ओलीलाई एक्ल्याउने प्रयास



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको विषयलाई दिएर देउवा प्रचण्ड भेट्न विहिबार विहान बालुवाटार पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार देउवा–दाहालको भेटमा राष्ट्रपतिको सम्भावित उम्मेदवारको बारेमा छलफल भएको छ । कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अगाडि सारेको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरिरहेको बताइएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्