Logo

प्रभु साह आम जनता पार्टीको सांसद



काठमाडौं, फागुन १२ । निर्वाचन आयोगले स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको भन्दै संसद् सचिवालयमा पत्र पठाएको छ। बिहीबार सचिवालयमा पठाइएको पत्रमा स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको उल्लेख गर्दै पत्र पठाएको हो। संसदमा आम जनता पार्टीको एक सिट हुनेछ। कानुन बमोजिम एक सिट जिटेको पार्टीले पनि स्वतन्त्र हैसियत प्राप्त गर्नेछ।

२०७९ साल मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उमेदवारी दिएका प्रभु साह निर्वाचित भएका थिए। उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए। उनको पार्टीलाई आयोगले मान्यता दिएपछि संसद् सचिवालयमा पत्र पठाएको हो।



प्रतिक्रिया दिनुहोस्