Logo

बालुवाटार पुगेका ओलीलाई प्रचण्डले सुरुमै भने–ह्याप्पी बर्थडे कमरेड



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । संसद् बैठकबाट सिधै बालुवाटार पुगेका ओलीलाई प्रधानमन्त्री दाहालले ओलीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

हिजो फागुन ११ गते ओलीको ७२औं जन्मदिन हो । त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहालले ओलीलाई आज जन्मदिनको शुभकामना दिएका हुन् । राष्ट्रपतिको निर्वाचनको लागि ओली प्रचण्डसँग निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् । बालुवाटारमा भने आजै निर्वाचनअघिका पाँच दलमध्येबाट (जनमोर्चाबाहेक) चार दलको बैठक बसेको थियो ।

सो बैठकले राष्ट्रपतिबारे आजै साँझ ५ बजे सहमति गर्ने निश्कर्ष निकालेको छ । एमाले अध्यक्ष ओली भने अहिलेको गठबन्धन जोगाउनुपर्ने र पुष १० गते भएको सहमति पालना गर्नुपर्ने अडानमा छन् । पुष १० गते ओलीको निवासमा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने सहमति भएको एमाले नेताहरुको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्