Logo

बालुवाटारबाट ओली बाहिरिए



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग करिब २ घण्टा लामो छलफल सकेर ओली बालुवाटारबाट बाहिरिएका हुन् ।

सो भेटवार्ता राष्ट्रपतिको निर्वाचनबारे कन्द्रित थियो । राष्ट्रपतिको निर्वाचनमा भोलि उम्मेदवारी दर्ताको कार्यतालिका छ । दलहरु आ–आफ्नै तयारीमा छन् ।

अहिले केहीबेरमा कांग्रेससहित पूरानो पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये चार दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । ओली निस्किएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार छिरेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्