Logo

चितवन–२ उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा देउवालाई



काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

‘संवत् २०८० वैशाख १० आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय यो बैठक गर्दछ । उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ,’ निर्णयमा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनलाई सांसद पदमा रहन योग्य नरहेको फैसला गरेपछि चितवन २ मा उप निर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्