Logo

सन्दीपको मुद्दा बन्द इजलासमा



काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाई सुरु भएको छ। उनको मुद्धा बन्द इजलासमा न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको हो।

लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको बन्द इजलासमा अन्तिम फैसला हुँदैछ।

शुक्रबार भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकले माग गरेबमोजिम कुनै आदेश दिन मनासिव नभएको भन्दै आजलाई संयुक्त इजलासमा अन्तिम सुनुवाई गर्न आदेश तोकेको थियो।

नेपाल युएई र पुपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक शृंखलाका नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीपको स्थानमा प्रतीश जिसीलाई समावेश गर्दै टोलीलाई युएई पठाईसकेको छ ।

नाबालिग बलात्कारको मुद्दामा पुर्वपक्षका लागि थुनामा रहेका सन्दीपलाई पुस अन्तिममा उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो।

उच्च अदालत पाटनको आदेशविद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। यसअघि उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि विदेश जान भने रोक लगाएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot