Logo

सन्दीप क्रिकेटका उर्वर खेलाडी हुन्, उनले क्रिकेट खेल्न पाउनुपर्छ : अध्यक्ष चन्द



काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेले क्रिकेटका उर्वर खेलाडी भएको र उनले क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन्।

आइतबारबाट सुर्खेतमा सुरु भएको क्यानको साधारणसभामा बोल्दै अध्यक्ष चन्दले सन्दीप क्रिकेटका उर्वर खेलाडी भएको हुनाले क्रिकेट खेल्न पाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘सन्दीप क्रिकेटको उर्वर खेलाडी हुन्। उनीजस्तो खेलाडीले क्रिकेट खेल्न पाउनुपर्छ भन्ने क्यानको मान्यता हो। तर, उनको मुद्दा अदालती प्रक्रियामा छ। अदालतले गरेको फैसला हामीले स्वीकार गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot