Logo

सरकार पुनर्गठनबारे छलफल भएको छैन, एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं, १४ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार पुनर्गठनबारे ८ दलीय गठबन्धनमा छलफल नभएको र हालकै एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन्।

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषा पुगेका अध्यक्ष नेपालले सरकार पुनर्गठनबारे ८ दलीय गठबन्धनमा छलफल नभएको र हालकै एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका हुन्।

उनले भने,‘सरकार पुनर्गठनबारे छलफल भएको छैन। तर एमालेलाई किन सरकारबाट निकाल्ने? एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्