Logo

मोटोपना भएमा के गर्ने ? डा. ओममुर्ति अनिलले सुझाए यस्तो टिप्स



काठमाडौं, १६ फागुन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले तौल घटाउन असम्भव नभएको बताएका छन् । तर, त्यसको लागि निरन्तर प्रयास हुनुपर्ने उनको भनाई छ ।

उनले मोटोपना भएमा के गर्ने भन्नेबारे आफ्नो सुझाव पनि अघि सारेका छन् । उनकाअनुसार मोटोपना भएमा ध्यान दिनुपर्ने कुरामा खानेकुरादेखि व्यायामसम्म रहेका छन् । उनले अघि सारेका ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्–

१. प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरीमा कटौती गर्नुपर्छ
२. प्रतिदिनदको हिँडाईमा १० देखि २५ प्रतिशसम्म बढाएर बढि क्यालोरी खर्च गर्नुपर्छ
३. तपाईको तौल र चाहिने तौल पत्ता लगानुहोस
४. मोटोपना भएमा प्रति महिना १ किलोको दरले तौल घटाउने योजना बनाउनुहोस
५. वर्षमा १० किलो भन्दा बढि तौल घटाउनुहुँदैन्
६. चिल्लो र गुलियो खाना कम खानुहोस र फलफुल तथा सागसब्जी बढि खानुहोस
७. सुगर, रक्तचाप र कोलेस्ट्रोलको नियमित जाँच गर्नुहोस
८. प्रयास गरेपनि तौल घटेन भने निराश नहुनुहोस । शुरुको १÷२ महिनामा तौल नघट्न सक्छ र पछि निरन्तर प्रयास गर्दा घट्न थाल्छ ।



प्रतिक्रिया दिनुहोस्