Logo

‘मन्त्री बनाउन मापदण्ड’



काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन्।

मंगलबार सभापति देउवालाई भेटेर केन्द्रीय सदस्य एवं पूर्वसांसद प्रकाश रसाइलीले मापदण्ड बनाएर मात्रै मन्त्री छनोट गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा सभापति देउवाले मापदण्ड बनाउने विषयमा आफू सकारात्मक रहेको भन्दै त्यसबारे पार्टीभित्र छलफल गर्ने बताएका छन् । यसपटक सभापति देउवा प्रतिफल दिन सक्ने व्यक्तिहरूलाई मन्त्री बनाउन सकारात्मक देखिएको नेता रसाइलीले बताए।

उनले देउवाको भनाइ उद्धृत गर्दै भने– ‘अहिलेको राजनीतिक परिवेश नै त्यस्तै छ । सकेसम्म प्रतिफल दिने मान्छेलाई नै मन्त्री बनाउने हो । म त्यसबारे छलफल गर्छु । सरकारमा पठाउने मन्त्री छान्न मापदण्ड बनाउने कुरामा सकारात्मक छु ।’ संसद्को सबैभन्दा ठूलो दल कांग्रेस राष्ट्रपति निर्वाचनपछि सरकारमा सहभागी हुने तयारीमा रहेको बताइएको छ । पार्टी सरकारमा जाने भएपछि कांग्रेसमा मन्त्री बन्न आकांक्षीहरूले दौडधुप बढाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्