Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, फागुन १७ । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । बुधबार अमेरिकी डलरको भाउ २७ पैसाले ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। यसअघि मंगलबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसा बढेको छ। मंगलबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा कायम गरिएको थियो।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसा तोकिएको छ। यो मूल्य मंगलबारको तुलनामा ३ पैसाले बढेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

यस्तै, बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ४४ पैसा तोकिएको छ। मंगलबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको थियो ।

बुधबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २८ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot