Logo

केपी ओली कप मछिन्द्रले जित्यो



काठमाडौं, १७ फागुन । केपी ओली कपको मछिन्द्र फुटबल क्लबले जितेको छ।

आज सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा मछिन्द्रले ५-३ ले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल १-१ मा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको थियो।

उपाधि जेतेसँगै मछिन्द्रले १० लाख र उपविजेता सातदोबाटोले ५ लाख नगद पुरुष्कार प्राप्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्