Logo

श्रीलंकामा मट्टितेलको मूल्य ५० रूपैयाँ घट्यो



एजेन्सी । श्रीलंकाको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका हुन्।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ। मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ। औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ।

सन् २०२२ मा घरेलु आर्थिक सङ्कटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियो। सन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर ३४० रुपैयाँ र नोभेम्बर २०२२ मा ३६५ रुपैयाँ पुर्याएको थियो।

जनवरी २०२३ मा यसको मूल्य घटाएर ३५५ भारु मा झारिएको थियो। श्रीलङ्काकामा मट्टितेल मुख्यतया आवासीय क्षेत्र र मत्स्य पालन समुदायहरूले प्रयोग गर्छन्। बुधबार श्रीलङ्कामा एक अमेरिकी डलर बराबर ३६२.८४ श्रीलङ्काली रूपैँया कायम गरिएको छ। रासस



प्रतिक्रिया दिनुहोस्