Logo

अहिले गणतन्त्रको विकल्प खोज्ने बेला भएको छैन् : विकास ठाकुर (भिडिओसहित)



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले आफू हिन्दुराष्ट्रको पक्षधरभन्दापनि हिन्दूवादी युवा भएको बताएका छन् । आफू धर्ममा विश्वास गर्ने व्यक्ति भएकोले धर्मको संरक्षण गर्नु आफ्नो कर्तव्य भएको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्न जरुरी नभएको जिकिर गरे । उनले भने,‘अहिले गणतन्त्र एडल्ट भएकै छैन् । अहिले यो व्यवस्था बच्चा नै छ । यसलाई वयस्क हुन दिनुपर्छ ।’

उनले राष्ट्रपतिमा पार्टीबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको जित सुनिश्चित् रहेको पनि दाबी गरे । उनले अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीगत भूमिका खेलेको आरोप लगाए । उनले नेता पौडेललाई भने हक्की नेताको रुपमा चित्रण गरे । पार्टीमा कुरा नबुझ्दा पनि सभापति शेरबहादुर देउवासँग खुलेरै विरोध जनाउने गरेको उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्