Logo

दुर्गा प्रसाईँको अभियान आम नेपालीको अभियान हो– दिपेन्द्र कँडेल (भिडियोसहित)



काठमाडौं, १९ फागु्न । राष्ट्र राष्ट्रियता र नेपाली बचाउ महाअभियानका अभियन्नता दिपेन्द्र कँडेलले मेचि महाकाली अभियान केवल दुर्गा प्रसाईको मात्रै अभियान नभएको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त अभियान आम नेपाली जनताको अभियान भएको बताएका हुन् ।

उनले देश आर्थिक रुपमा धराशायी बन्दा कुनैपनि ब्यक्ति र निकायले पहल नगरेको आरोप लगाए । दुर्गा प्रसाईँले हिम्मत गरेर देश,जनता र राष्ट्र बचाउने महाअभियान सुरु गरेको उनको भनाई छ । प्रसाईँको उक्त अभियान बिस्तारै देशैभर सक्रिय रुपमा संचालन हुनेसमेत उनले दाबी गरे । पात्र जो कोही भएपनि प्रसाईँले सुरु गरेको अभियानमा सबै राजनीतिक दलहरुको मौन समर्थन रहेको उनको भनाई छ । उक्त अभियानमा सबै जातजाति,भाषाभाषि ,धर्मक्षेत्रको उल्लासपूर्ण सहभागिता रहने उनले बताए।

नेपालमा गणतन्त्र पूर्णरुपमा कार्यान्वयन भइनसकेको उल्लेख गर्दै उनले गणतन्त्रलाई पूर्णरुपमा कार्यान्यन गर्नुपर्नेमा जोड दिए । प्रसाईँको अभियान कतैबाट पनि सञ्चालन नभएको उनले स्पष्ट पारे ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद मुद्दामा उनीमात्रै दोषी नरहेको उनले बताए । उनले निर्वाचन आयोगको कामप्रति असन्तुष्टि जनाउँदै रविको नागरिकता र पासपोर्ट विवाद तत्काल छानविन गर्नुपर्ने र दोषी उपर कारबाही गर्नुपर्ने उनको माग छ ।

प्रसाईँले आगामी २० गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लाखौं मानिसको सहभागिता रहने उनले बताए । साथै, २०४७ सालको संविधान लागू गराएर छाड्ने उनले दाबी गरे । यो अभियानमा स्वतस्फूर्त रुपमा सहभागी हुनका लागि पनि उनले सबै समक्ष आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot