Logo

केपी ओली भन्छन्– ‘साथीहरुले जवान हुनुहुन्छ भन्छन्, म घरिघरि ऐना हेर्छु’



काठमाडौं, १९ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई साथीहरुले जवान भनेर हौसला थपिदिएको बताएका छन् । आज ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर मोतीदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘ओहो तपाईं त जस्ताको तस्तै जवान हुनुहुन्छ भन्छन् । घरिघरि त म पनि ऐना हेर्छु,’– उनले भने ।

साथै, मोतीदेवी स्मृति केन्द्रले महिलाको हक हितका लागि खेलेको भूमिका अविश्मरणीय रहेको उनले बताए । महिलाको हक र अधिकार स्थापित् गर्न र भएका उपलब्धिहरुलाई जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको उनले औंल्याए ।

 

 



प्रतिक्रिया दिनुहोस्