Logo

दुर्गा प्रसाईँले आयोजना गरेको आन्दोलनमा विभिन्न संघ/संस्थाको समर्थन (फोटोफिचर)



काठमाडौं, २० फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु भएको छ । प्रसाईँको आन्दोलनमा स्वतन्त्र बुद्धिजीवि समूह लगायत थुप्रै संघ/संस्थाको समर्थन रहेको छ ।

प्रसाईँले लघुवित्त आतंक, आर्थिक संकटका कारण व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य, संघीयता खारेजी, धर्मसापेक्ष राज्य कायम हुनुपर्नेलगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि काठमाडौंमा प्रदर्शन सुरु गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयताको खारेजी, राजतन्त्र पुनस्र्थापना लगायतका पक्षमा नाराबाजी गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा नागरिकहरुको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्