Logo

यस्तो छ हिन्दूहरुको पहिलो देश ‘कैलाश’ (फोटोसहित)



एजेन्सी । केही दिनदेखि नित्यानन्द चर्चामा रहेका छन्। नित्यानन्दमाथि गलत कामको आरोप लागेको थियो। सोही कारण उनी सन् २०१९ मा भारतबाट भागेका थिए। भारतबाट भागे लगत्तै उनले जमिन खरिद गरेर आफ्नो अलग देश घोषणा गरेका छन् र उस देशको नाम ‘कैलाश’ राखेका छन्।

संयुक्त राष्ट्र संघको एक सचामा विजयप्रिया नित्यानन्द नामक एक महिलाले आफ्नो कुरा राखेका छन्। विजयप्रिया नित्यानन्दले आफूलाई ‘यूनाइटेड स्टेट्स अफ कैलाश’को प्रतिनिधि बताइन्। उनका अनुसार उनी यूनाइटेड स्टेट्स अफ कैलाशको स्थायी एम्बेसडर हुन्।

विजयप्रियाले संयुक्त राष्ट्रको कार्यक्रममा यूनाइटेड स्टेट्स अफ कैलाश हिन्दूहरुको पहिलो देश हो। जसको स्थापना नित्यानन्दले गरेको बताइन्। उनले नित्यानन्दलाई हिन्दूहरुको सर्वोच्च गुरु रहेको पनि बताइन् तर उनले गुरुलाई सताइरएको बताएका छन्।

उनले नित्यानन्द र कैलाका २० लाख हिन्दूवासीको उत्पीडन रोक्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय उपाय निकाल्नु पर्ने बताए।

कैलाश एक काल्पनि देश हो। यसलाई नित्यानन्दले नाम दिएका हुन्। नित्यानन्दमाथि भारमा गलत कामका आरोप छन्। उनी २०१९मा भारतबाट भागेका थिए। उनलाई अहिले फरार सूचीमा राखिएको छ। कैलाशलाई लिएर नित्यानन्दले धेरै दाबी गरेका छन्।

दाबी :
१. समाचार स्रोतका अनुसार भारतबाट भागेपछि नित्यानन्दले दक्षिणी अमेरिकाको इक्वाडोरमा जमीन खरिद गरेर त्यसलाई आफ्नो देश घोषणा गरेका छन्। यसको नाम कैलाश राखेका छन्।

२.कैलाशको वेबसाईटमा राखिएको सामाग्रीअनुरुप कैलाश आन्दोलनको सुरुवात अमेरिकामा भएको थियो। यसलाई नित्यानन्दले बसाएको थियो। संयुक्त राष्ट्रमा पनि विजयप्रिया नित्यानन्दले हिन्दूहरुको एकमात्र र पहिलो देश भएको दाबी गरेका थिए।

३. जनसंख्यालाई लिएर कैलाशको वेबसाईटमा राखिएको छ की हिन्दू धर्म मान्ने २ सय करोड मानिस उनको देशकफ नागरिक हुन्। यीनीमध्ये १ करोड शिवलाई मान्नेहरु छन्।

४. हालै १३ जनवरीमा कैलाशले अमेरिकासँग एक द्धिपक्षीय सम्झौता गरेको दावी गरेको थियो। यो दाबीका अनुसार अमेरिकाले कैलासको मान्यता दिएको छ। विजयप्रिया नित्यानन्दको दावी अनुसार १५० देशमा कैलाशको राजदूत र एनजीओ स्थापित गरेको छ।

५.कैलाशको आफ्नो संविधान रहेको दावी रहेको छ। दाबी अनुसार यहाँ शास्त्र र मनुस्मृतिमा आधारित कानून चलेको छ। यहाँका मानिसहरु मनुको नियम मान्ने गरेका छन्।

६. यस देशको वेबसाइट अनुसार यस देशमा विश्वभरमा सताइएका हिन्दूहरुको सुरक्षा दिइन्छ।

७.वेबसाइट अनुसार कैलाशमा अंग्रेजी, संस्कृती र तमिल भाषा बोलिन्छ। देशको राष्ट्रिय पशु साँढे हो। राष्ट्रिय फूल कमल रहेको छ।

photo by : gov.shrikailasa.org



प्रतिक्रिया दिनुहोस्