Logo

अहिलेको सरकारबाट चीनविरुद्ध गद्दारी भएको केपी ओलीको दाबी, प्रचण्डमाथि खनिए



काठमाडौं, २० फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विदेशीलाई रिझाउन लागिपरेको आरोप लगाएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन तोडेको र भागेको पनि आरोप लगाए । उनले अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्ने दिन लागिएको भन्दै विरोध जनाए ।

उनले भने,‘माथिल्लो मुस्ताङ जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न खोजियो ? यो चीनविरुद्धको गद्दारीमात्र होइन हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अश्वीकार गरेको हो । प्रधानमन्त्री यो देशलाई विदेशीहरुको खेल मैदान बनाउँन खोज्दैछन्, त्यहाँको युरेनियममा ध्यान दिइएको हो ।” ओलीले मुस्ताङमा ०३१ सालमा भन्दा ठूलो स्केलमा विदेशी हस्तक्षेप बढाउन खोजिएको पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्