Logo

छात्रवृत्ति वितरण



डुम्रे, २१ फागुन । गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिए । “शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौं”, उनले भने ।

सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाको सर्वोत्कृष्ट हुने छात्रातर्फ खैरेनी माध्यमिक विद्यालयका सुलोचना सुवेदी र छात्रतर्फ सत्यवती माविका सिद्धार्थ पण्डितलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
अध्यक्ष अधिकारीले कोषले ज्येष्ठ नागरिक सम्मानबाट ८८ वर्षीया यमकुमारी घिमिरे र ७८ वर्षीय कर्णराम शाहीलाई सम्मान गरिएको बताए । भानुघाँसी सम्मान विधाबाट गायिका आशा विसिलाई सम्मान गरिएको कोषका सदस्य सचिव रामजी अधिकारीले जानकारी दिए ।

गतवर्ष पनि सो संस्थाले जिल्लाभरका विपन्न तथा जेहेन्दार विद्यार्थी र विभिन्न विधामा विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको व्यक्तिलाई सम्मान गर्दै आएको थियो । गतवर्ष रु छ लाख बराबरको सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको उहाँले जानकारी दिए । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, गाउँ सेवा कोष तनहुँका अध्यक्ष सोमबहादुर थापा, डा. ध्रुव अधिकारी, तुलसीशरण सिग्देल, रुद्रबहादुर थापा, परशुराम गिरी लगायतले कोषले विविध विधासहित सामाजिक क्षेत्रमा योगदान पु¥याएको चर्चा गरे ।

सोही अवसरमा कोषले कलेस्ती उपत्यका संरक्षण अभियानका संयोजक बाबुराम खनाललाई सम्मान गर्नुका साथै २९ बटुकको सामूहिक व्रतवन्धका लागि सहयोग समेत गरेको जनाइएको छ । कोषले हालसम्म करिब तीन सय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot