Logo

शंकर पोख्रेलको दाबी : माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको छ



काठमाडौं, २१ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको आरोप लगाएका छन् । उनले आफूहरुले मुलुक बचाउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बाध्य भएको स्पष्ट पारेका छन् ।

आज (आइतबार) २४ औँ यदु स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनको क्रममा उनले भने,‘जनादेशले एमालेले नेतृत्व दाबी गर्ने प्रकृतिको छैन भनेका थियौँ। तर, पाँच दलीय गठबन्धन पनि असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउन आवश्यक छ भनेर नै हामीले माओवादी केन्द्रसँग एकता र सहकार्यको पहल ग¥यौँ र प्रचण्डलाई प्रधानमन्त्री बनायौँ। देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि केही आसाको सञ्चार पनि भयो।’

उनले अहिले देश र जनताको पक्षमा उभिँदा एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनको भनाइ छ। माओवादीले आन्दोलनको एजेन्डा बिर्सेर स्वार्थ केन्द्रित भएर गन्तव्य बिर्सेर कांग्रेसको राष्ट्रपति बनाउनेतिर गएको टिप्पणी गरे।

तस्विर : दिनेश चौधरी, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्