काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले विदेशलाई विद्यालय स्थापना गर्न दिन थालेको अध्यक्ष ओलीले एक कार्यक्रममा बताएका थिए। अध्यक्ष ओलीको सोही अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाएको हो।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तथा सूचना मन्त्री रेखा शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले विद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ। परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन।’





प्रतिक्रिया