Logo

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेता खनालबीच भेटवार्ता



काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनाललाई भेट्न पौडेल आज विहान खनालनिवास डल्लु पुगेका हुन् ।

भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषय, आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन लगायतबारे छलफल भएको पौडेलको सचिवालयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्