Logo

पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्छ– राष्ट्रिय मानव अधिकार आयोग



काठमाडौं, २२ फागुन। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाले पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य भएको तर अहिले पनि पुल नहुँदा बर्सातका बेला स्कुल जान नपाउने र घरपायक क्षेत्रमा स्कुल नै नहुँदा बालबालिका शिक्षाबाट वञ्चित हुनु परेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot