उमा ओडारीको ‘झुल्के घाम’ गजल र ‘चारु संयुक्त सङ्ग्रह’ विमोचन


काठमाडौं, २२ फागुन । उमा ओडारीको झुल्के घाम गजल र चारु संयुक्त सङ्ग्रह विमोचन भएको छ । काव्य घर नेपालले विमोचन एवं स्रष्टा सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गजलकार डा.घनश्याम परिश्रमी,हरिचन्द्र लावती,हिलिहाङ्गका गाउपालिका अध्यक्ष समर बहादुर अधिकारी,देवि पन्थी ,लेखक उमा ओडारी लेखकका माता पिता र काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले कृतिको संयुक्त रुपमा विमोचन गरेका थिए ।

राष्ट्रिय गान गाएर सुरु भएको कार्यक्रममा भाषाविद्व हरिचन्द्र लावती,नरेन्द्र केरुङ,हिलिहाङग गाउपालिकाका पुर्व अध्यक्ष भवानी लिङ्देन,टीका ढुङ्गेल,जिवनहरी शर्मा,पत्रकार महासंघ पाचथरका अध्यक्ष गिरिराज बास्कोटा, लगायतले कृतिको चर्चापरिचर्चा बधाई शुभकामना व्यक्त गरेका थिए। नेपाली गजलमा बिवाद रहेकोे र त्यो आफै निराकरण भएर जाने र गजलको पहिचान र महत्त्व अलग्गै रहेको अधिकांस बक्ताहरुले राखेका थिए।

उमा ओडारीको गलज र चारु संयुक्त सङ्ग्रह झुल्के घामको समिक्षा गजलकार धनपति ढुङ्गेलले गरेका थिए । कृतिकार उमाको झुल्के घामबाट समाज र जिवनको महत्त्वलाई स्थापित गराउन सफल रहेको भन्दै समिक्षकले लेखकको प्रशंसा गरे । काव्यघर नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत भाषाबिद्व प्राज्ञ हरिचन्द्र लावती र साहित्यकार अधिकारी बिमलालाई पनि काव्यघर नेपाल स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।

झुल्के घाम गजल र चारु संग्रहले सुरुसुरुमा नसिकी लेखेपछी गएर सबैसग सम्पर्क बढाउदै गए र सिर्जना निखार्दै गएर आजको कृति जन्माउन सके,यसमा घर परिवार आमा बुवाले कृतिको इच्छा राखेकाले संग्रह प्रकाशन गर्न सफल भएको लेखकले दाबी गरिन् । कार्यक्रमका प्रमुख अतिथि डा।घनश्याम परिश्रमीले झुल्के घामले नेपाली गजल क्षेत्रमा एउटा शृङ्खला चढेको र उमा ओडारीले लेखन यात्रा अझ झ्याङिने बताए । उमाको महिलाको लेखन यात्रामा अतुलनीय कार्य गरेको भन्दै उनले खुलेर प्रशंसा गरे ।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले नेपाली साहित्यमा पाँचथर उर्भर क्षेत्र रहेको र प्राकृतिक रुपमा मलिलो रहेकोे बताए । रविन तिम्सिना कोक्रालीले संचालन गरेको कार्यक्रमको सभापतित्व काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गरेका थिए । कार्यक्रममा स्रष्टाहरूः नरेन्द्र केरुङ्ग,जिवनहरी शर्मा,टीका ढुङेल,देवि पन्थी ,राजेन्द्र काफ्ले ,नवीन लोयम,डिएम कङ्दम्बा,बिमल राई लगायत तीन दर्जन भन्दा बढी सर्जकले बधाई शुभकामना मन्तव्य राखेका थिए ।