Logo

काठमाडौंमा होलीको रौनाक (फोटोफिचर)



काठमाडौं, २२ फागुन । आज फागु पूर्णिमा । नेपालका पहाडी जिल्लाहरुमा आज होली खेलेर यो पर्व मनाइएको छ । काठमाडौंका मुख्य सहरहरुमा होलीको रौनाक उल्लासपूर्ण देखिएको छ । काठमाडौंको बागबजार,असन, इन्द्रचोक, ठमेल हुँदै वसन्तपुर र सुन्धारासम्म होली खेल्नेहरुको बाक्लो चहलपहल रहेको छ ।

असत्यविरुद्ध सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा यो पर्व मनाउने प्रचलन छ। यो पर्व एकआपसमा विभिन्न रंग लगाएर मनाउने गरिन्छ । होलीलाई रंगहरुको पर्व पनि भन्ने गरिन्छ । Photo By Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्