Logo

राजधानीमा होली लक्षित मापसे चेकजाँच (फोटोफिचर)



काठमाडौं, २२ फागुन । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले होली लक्षित चेकजाँच बढाएको छ । होलीमा मादक पदार्थ सेवनबाट हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकजाँच तीब्र बनाएको हो ।

विगतका वर्षहरुमा होलीमा मापसे सेवन गरी सवारी चलाउँदा थुप्रै दुर्घटना भएकाले पूर्वसावधानीका लागि चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आज विशेष गरी पहाडी जिल्लाहरुमा उल्लासपूर्ण रुपमा होली पर्व मनाइएको छ । होलीमा सुरक्षाका लागि २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । नियमित बाहेक राजधानीका ६६ भन्दाबढी स्थानमा चेकजाँच गरिएको प्रहरीले जनाएको छ । Photo By Mukunda Kalikote 



प्रतिक्रिया दिनुहोस्