Logo

राप्रपाका नेताहरु भेट्न पुगे रामचन्द्र पौडेल, मागे भोट



काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपाका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले आफूलाई राष्ट्रपतिको चुनावमा मत दिन आग्रह गरेका हुन् ।

आज (सोमबार) साँझ पौडेल राप्रपा पार्टी कार्यालय पुगेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरुले भोट दिनेबारे सकारात्मक जवाफ दिएको कांग्रेस नेताले जनाए ।



प्रतिक्रिया दिनुहोस्