Logo

चर्चाको शिखरमा पंगेनीको गीत ‘पैसा सापटी’



काठमाडौं, २३ फागुन । पछिल्लो समय नेपाली सांगीतिक बजारमा विभिन्न विषयवस्तुलाई आधार बनाएर स्रष्टाहरुले सिर्जना ल्याउने क्रम बढेको छ । कतिपय कलाकारहरु समसामयिक विषयमा ल्याएका गीत संगीतबाट एक हदसम्म सफल भएका छन् । यसैबीच पछिल्लो समय नेपाली समाजमा विकरालको रुप लिएको पैसा सापटी लिने र पैसा फर्काउन नजान्ने विषयलाई आधार बनाएर लोकदोहोरी गायक बद्री पंगेनीले ल्याएको गीत ‘पैसा सापटी’ चर्चाको शिखरमा रहेको छ ।जसमा पहिलो हरफमा भनिएको छः

एक महिनालाई सापटी माग्यौ, एक वर्ष भो कता भाग्यौ ? उफ् !
सापटि नदिउँ आफन्ति टाढा, सापटी दिदाँ बिग्रियो सारा, 
तिम्रो ढाट्ने बानीले बोल्न बाध्य गरायो ।
राम्रो थियो हाम्रो सम्वन्ध पैसा सापटी दिएपछी बोलचाल हरायो ।

विश्रास नपालको एरेन्जर रहेको गीतमा बद्री पंगेनीको शब्द, संगीत ,रहेको छ भने उनलाई स्वरमा लोकप्रिय गायिका रचना रिमालले साथ दिएकी छन् । सागर लम्साल (बले) अनु रेग्मी, सन्तोष पौडेल (बटुक) र नन्दा बस्यालको अभिनय रहेको गीत यतिबेला चर्चाको शिखरमा रहेको छ ।

युट्युवमा सार्वजनिक भएको ३ दिनमै १६ लाख भन्दा बढिले हेरिसकेको उक्त गीतले दर्शक श्रोताबाट पनि निक्कै सकरात्मक प्रतिक्रिया पाईरहेको छ । उक्त गीतका सन्दर्भमा गायक पंगेनी भन्छन्– मैले आफनो लागी मात्रै नभएर अहिले नेपाली समाजमा ज्वलन्त विषयको रुपमा देखा परेको समस्यालाई दर्शक स्रोतामाझ ल्याउन पाँउदा खुसी लागेको छ ।



प्रतिक्रिया दिनुहोस्