Logo

१४ दशमलव ४१ अंकले बढ्यो सेयर बजार



काठमाडौं, २३ फागुन । लगातार ५ दिनदेखि घटिरहेको सेयर बजार आज भने बढेको छ । साताको तेस्रो दिन आज १४ दशमलव ४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा रोकिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ।

मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए । सबैभन्दा धेरै जलविद्युत (१.६७ प्रतिशत) का लगानीकर्ताले कमाएका छन्



प्रतिक्रिया दिनुहोस्

Screenshot