Logo

न्यूयोर्कमा भएको भागदौडमा दुई जनाको मृत्यु, आठ घाइते



एजेन्सी । न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ। सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो।

सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन्।

स्थानीय प्रहरीले भागदौडमा परेका तीन जना महिला गम्भीर रुपमा घाइते भएको अवस्थामा उृद्धार गरेको थियो। ती घाइतेमध्ये दुई जना महिलाको सोमबार अबेर राति मृत्यु भएको घोषणा गरिएको थियो। अर्का एकजना महिला गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीले थप आठ जना घाइते रहेका जनाएको छ र उनीहरुलाई घटनास्थलबाटै अस्पताल लगिएको समाचारमा जनाइएको छ।

कन्सर्ट हेरिरहेका मानिस कन्सर्ट सकिएपछि बाहिर निस्किने क्रममा भागदौड भएको थियो। गोली चल्न सक्ने भन्दै मानिसले हल्ला गरेपछि बन्दुकको डरले कन्सर्ट गर्नेहरू बाहिर निस्कने क्रममा आतङ्क मच्चिएको बताइएको छ।

स्थानीय पुलिसले गोली चलाएको वा कसैलाई गोली हानेको वा छुरा प्रहार गरेको कुनै प्रमाण फेला नपरेको रोचेस्टर पुलिस विभागले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रहरीले गरेको अनुसन्धानमा गोली चल्नसक्ने भन्ने होहल्ला भएकाले मानिस भागाभाग गरेको हुनसक्ने र त्यहाँ गोली भने नचलेको पाइएको छ।

कन्सर्ट भएको हलबाट निस्किने क्रममा सानो ढोकाका कारण मानिस च्यापिएर र पेलिएर घाइते भएका पाइएको प्रहरीले जनाएको छ। रासस



प्रतिक्रिया दिनुहोस्