Logo

विभेद र हिंसाविरुद्ध नारी जागरण : सभापति देउवा



काठमाडौं, फागुन २४। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उनले उल्लेख गरे ।

शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएको भन्दै हिंसा- लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको दउवाले भनाइ छ । ‘हिंसा- मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा- सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ।’ देउवाद्वारा जारी विज्ञप्तिमाम उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्