Logo

मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ : महामन्त्री थापा



काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको बताएका छन्। नेपाली काँग्रेसले काठमाडौंले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै महामन्त्री थापाले मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको बताएका हुन्।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ। चालु खर्च गर्न समेत नसकेको अर्थमन्त्रालयमा सबै कुराहरु अड्केर बसेको छ। अबको सरकारले यो विषयमा ध्यान दिएर काम गर्नुपर्ने छ। अर्थतन्त्रको तथ्याङ्क हेर्दा बाटोमा बसेर कराईहाल्नुपर्ने अवस्था छैन। पछिल्लो समय अर्थतन्त्रका सन्दर्भमा संसदमा प्रधानमन्त्रीदेखि सांसदहरु समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन्। अब अर्थतन्त्रको संरचनागत सुधार गर्न पछाडि छोड्दै जाने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ। अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले गर्नसक्छ। सरकार स्मार्ट हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्