Logo

माधव नेपाललाई भेटेर ओलीले दिए समवेदना



काठमाडौं, २४ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेटेर नेपालको भाइ (सरोजकुमार उपाध्याय) को निधन भएकोमा समवेदना दिएका छन् ।

अध्यक्ष नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा पुगेका हुन् । ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका थिए । उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।

उपाध्यायको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । उपाध्यायको पार्थिक शरिरमा नेकपा (एकीकृत समाजवादी) को झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्