Logo

एस्फोडेल पब्लिक स्कूलले मनायो २३औं अभिभावक दिवस (फोटोफिचर)



काठमाडौं, २४ फागुन । काठमाडौंको कालिकास्थानमा रहेको एस्फोडेल पब्लिक स्कूलको २३औं अभिभावक दिवस सम्पन्न भएको छ । एस्फोडेल स्कूलले राष्ट्रिय नाँचघरमा भव्य समारोहकोबीच आफ्नो २३औं अभिभावक दिवस मनाएको हो ।

उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न भेषभुषामा आफनो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रकाश श्रेष्ठले कोरोना महामारीको कारण विद्यार्थीहरुको क्षमता विकासमा असर परेको बताए । अहिले विद्यार्थीहरुमा सोचे अनुरुप प्रगति र विकास भइरहेको उनको भनाई छ ।

‘अहिले विद्यार्थीहरुको प्रगति कछुवाको गतिमा भइराखेको छ । कोभिडको कारणले गर्दा धेरै नै अप्ठ्यारो भइराखेको थियो । यो प्यारेन्स डे पनि हामीले मनाउन पाएको थिएनौं । तीन वर्ष जति हामीले मनाउन सकेनौं । अहिले आएर हामीले मनाएका छौं । बच्चाहरुको क्षमता पनि राम्रोसँग वृद्धि भइराखेको छ र हामीले राम्रोसँग पढाउन पनि पाइराखेका छौं,’– उनले भने ।

प्यारेन्स डे को महत्व बारे प्रकाश पार्दै उनले भने– ‘हामीले पढाइसँगै ईसीए सँगसँगै लानुपर्छ । ईसीएमा हामीले वर्षभरिमा के–के गर्यौं ? के–के सिकायौं, के–के जाने यी सबै कुरा अभिभावकज्यूहरुलाई हामीले देखाउन पर्छ । त्यही शिलशिलामा २३औं अभिभावक दिवस आज मनाउँदै छौ ।’

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायतको उपस्थिती रहेको थियो ।देशका ग्रामीण ठाउँबाट काठमाडौं आएर बसोबास गर्दै आएका अभिभावकलाई सहज हुने गरी विद्यालयले समय–समयमा विभिन्न प्रयोगात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्