Logo

नारी दिवसको अवसर पारेर ‘जुलेबी’ को फर्स्ट लुक सार्वजनिक



काठमाडौं, २४ फागुन । फिल्म ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । नारी दिवसको अवसर पारेर आज उक्त पोस्टर सार्वजनिक गरिएको हो ।

जुलेबीमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभियन रहेको छ । फिल्म रिलिजको मिति भने तय भएको छैन । आगामी वैशाखसम्ममा फिल्म प्रदर्शन हुने निर्माता टिमले जनाएको छ ।

विवेक खड्काको छायांकनमा रहेको फिल्मलाई अजय खड्काले सम्पादन गरेका हुन् । फिल्मको निर्देशन गणेशदेव पाण्डेले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्