Logo

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन



काठमाडा, फागुन २५ । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा बुधबार निधन भएको अभिनेता अनुपम खेरले पुष्टि गरेका छन् । सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

ुरूप के रानी चोरोंका राजा फिल्मबाट निर्देशन क्षेत्रमा प्रवेश गरेका कौशिकले हम आपके दिलमे रहेते है, तेरे नाम लगायतका चर्चित फिल्म निर्देशन गरेका थिए ।

उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभिनय सिकेका थिए ।

कौशिकले अभिनय गरेका मिस्टर इन्डिया, दिवाना मस्ताना चर्चित फिल्महरु हुन् । उनले सन् १९९० मा रामलखन र सन् १९९७ मा साजन चले ससुराल फिल्मबाट फिल्म फेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्