Logo

राष्ट्रपति निर्वाचन– कांग्रेस सभापति देउवाले गरे मतदान



काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति चयनका लागि मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राखिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् ।  विहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । विहान १० बजेदेखि ११ बजेसम्म सङ्घीय संसद्का एक सय सदस्य र प्रदेशसभातर्फ एक सय ३० सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्