Logo

राष्ट्रपति निर्वाचन– ओलीले गरे मतदान



काठमाडौं, २५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।ओलीले नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको मतदान केन्द्रमा पुगेर राष्ट्रपति चयनका लागि मतदान गरेका हु्न् ।

मतदानपछि सञ्चारकर्मीसँग उनले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए । ‘नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ,’– उनले भने ।

उनले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसा गरे । उनले भने ‘वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ । अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।’



प्रतिक्रिया दिनुहोस्