Logo

प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा



काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिको रिटमा आज सुनुवाई हुने भएको छ । सुनाईका लागि हिजो हिजो पेशी तोकिएको उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो ।

उक्त रिट आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा ट्ुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले आफूमाथि १७ हजार हत्या गरेको आरोप लाग्ने गरेको भन्दै सबै आरोप आफूमाथि लगाए अन्याय हुने बताएका थिए । तर आफूले पाँच हजारको जिम्मा लिन तयार रहेको र बाँकी १२ हजारको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने उनको भनाई थियो ।

सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी लगायत २८ जनाले प्रचण्डलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गरेको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले उक्त रिट दर्ताको आदेश दिएका थिए । संयोग आजको सुनुवाई पनि न्यायाधीश खतिवडाको एकल इजलासमा परेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्