Logo

अवको एक वर्ष मन्त्री होईन महामन्त्री भएर काम गर्छुः गगन थापा



काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सम्मेलित सरकारमा तत्काल आफू मन्त्री भएर सरकारमा सहमागी नहुने बताएका छन् ।

नेपाल विधार्थी संघ(नेविसंघ)ले स्वतन्त्र विधार्थी युनियनको पूर्व सन्ध्यामा आयोजना गरेको ‘संकल्प सभा’ कार्यक्रमको बोल्दै उनले पुस १० गते भएको राजनीतिक दुर्घटना सम्हाल्नका लागि भएपनि अवको केही दिनमै नेपाली कांग्रेस सम्मेलित सरकारको निर्माण हुने र तत्काल आफू सरकारमा सहमागी नहुने बताएका हुन् । कसको नेतृत्वमा सरकारमा जाने र को–कसलाई मन्त्री बनाउने भन्नेबारे पार्टीगत छलफल सुरु हुने बताए ।

उनले भने, ‘अवको केहि दिनमा नेपाली कांग्रेस सम्मेलित सरकार बन्छ । कति जना साथीहरुले तपाई मन्त्री बन्नुपर्छ भनेर भनिरहेका छन् । तर, हामी छलफलबाट योग्य साथीहरुलाई सरकारमा पठाउँदै विश्वप्रकास शर्मा र गगनथापा कम्तिमा पनि एक बर्ष मन्त्री भन्दा नेपाली कांग्रेसको महामन्त्री बनेर काम गर्नेहो ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता राचमन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु नेविसंघसहित कांग्रेसको लागि महत्वपूर्ण परिणाम आएको जनाउदै उनले योग्य नेतृत्वलाई सरकारमा पठाईने बताए ।

आफूसँग जनताको धेरै अपेक्षा र जिम्मेवारी रहेकाले अवको एक वर्ष पार्टीगत सुधारका काममा लाग्ने उनको भनाई रहेको छ । स्वविय निर्वाचनको काम, तरुण दलको काममा समेत आफ्नो सहयोग रहने जनाउँदै संगठनलाई जिवन्त राख्न आफू तयार रहेको उनले बताए ।

पार्टीको तल्लो तहदेखि पार्टीगत सुधारका लागि चाँडै काम सुरु गर्ने बताउदै उनले कार्यकारी पद भन्दा माथी उठेर राजनीतिक विश्वासको भरमा नचुक्ने उनको भनाई छ ।

उनले भने, ‘नेपाल विद्यार्थीसंघ, तरुण दल, महिला संघ लगायत जतिपनि भातृ संगठन, विभागहरु लगायत पार्टीलाई एक ढिक्कामा राख्नुपर्ने कुराहरुमा सभापतिलाई मनाउनु पर्ने ठाउँमा मनाउने, अनसन नै बस्नुपर्ने भए सभापतिको अगाडी अनसन नै बस्नुपरेपनि संगठनको लागि केहि गर्ने हो ।’

ठूलो संगठन भएकाले स्ववियु निर्वाचनक्रममा गर्र्नुपर्ने कतिपय तालमेल गर्नुपर्ने ठाउँमा तालमेल गर्ने र कतिपय गुमाउनु पर्ने ठाँउमा गुमाएरपनि जुनबेला संगठनले निर्णय गर्छ त्यो समयमा एकजुट निर्णयलाई स्विकार गरेर अगाडी बढ्न समेत उनले निर्देशन दिए । संगठनमा लागेकाहरुले संगठन भित्रका मत मतान्तरलाई छाडेर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

राष्ट्रपति भण्डारीप्रति विश्वप्रकाशको टिप्पणी- ‘शीतल निवासको भूमिका शीतल लागेन’

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद विश्वप्रकाश शर्माले शीतल निवासको विगतको भूमिका शीतल नभएको टिप्पणी गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघको संकल्प सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल नेपाली जनताका लागि सहज नभएको बताएका हुन् । साथै, उनले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल नेपाली जनताको पक्षमा सहज र सुखद् हुनुपर्ने बताए । ‘शीतल निवासको वितेको चार वर्षको भूमिका शीतल लागेन । गह्रौ, गह्रौ खाल्को लागेको छ । सोरोमोनियल जिम्मेवारी, संवैधानिक जिम्मेवारी निर्वाह गर्ने कुरामा उहाँ (विद्यादेवी भण्डारी) चुक्नु भएको कुरामा हामी सबै गम्भीर थियौं,’– उनले भने ।

साथै, अहिलेका राष्ट्रपति जनताको माझमा रहन सक्नुपर्ने उनको भनाई छ । ‘हाम्रो अबको राष्ट्रपति कतै मर्निङवाक गर्दै गरेको नागरिकले भेटिए भनेपनि अचम्मित मान्ने नहुने गरी भेटिने अवस्था बनोस्,’– उनले भने । अबको राष्ट्रपति प्रहरी र आर्मीको घेरामा होइन नागरिककोबीचमा हुनुपर्ने उनले बताए । साथै, उनले नेविसंघका नेता कार्यकतालाई आफ्नो दायित्व र कर्तव्यमा रहेर इमानदारितापूर्वक काममा लाग्न आग्रह गरे । नेविसंघका नेता कार्यकर्तालाई उनले २०४६ सालको जनआन्दोलनमा नेविसंघको भूमिका स्मरण गराउँदै आफू कुनै कर्म क्षेत्रमा जाँदै गर्दा पनि नेविसंघ भन्ने भावनालाई जागृत गराइराख्न आग्रह गरे ।

२०४६ सालको आन्दोलनमा निधन भएका लालबहादुर बम र वीर अस्पतालको नर्सको सन्र्दभलाई जोड्दै उनले भने– ‘आज म तपाईँहरुलाई अपील गर्न चाहन्छ्, तपाईँभित्र नेपाल विद्यार्थी संघ भन्ने भावना, त्यो संगठन हिजो जुन संगठनको नेतृत्व गरेर सभापति भएर, स्कुलको सभापति देखि केन्द्रको सभापति भएर काम गर्ने अवसर मैले पाए । म पार्टीको महामन्त्रीको नेतृत्व गर्दै छु आज । भविष्यमा कुनै दिन सभापति बनौंला । भविष्यमा कुनै दिन सभापति पनि बनौंला । तर, मेरो लागि छातिभित्र सबैभन्दा ठूलो स्थान छ भने नेविसंघलाई स्थान छ । त्यो संगठनभित्रको भावना छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्