Logo

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति



काठमाडौं, २६ फागुन । चीनका राष्ट्रपति सी जिनपिङ तेस्रो पटक राष्ट्रपति बनेका छन्। चिनपिङले शुक्रबार औपचारिकरुपमा चीनको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

चीनमा कुनै नेतालगातार तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएको यो पहिलो पटक हो। पिपुल्स पार्टी अफ चाइनाको वार्षिक राष्ट्रिय जन कांग्रेस गत वर्षको अक्टोबरमा सम्पन्न भएको थियो। सोही नेशनल पिपुल्स कांग्रेसमा सी जिनपिङ सर्वोच्च नेतामा निर्वाचित भएका थिए।

शुक्रबार चिनपिङले औपचारिकरुपमा पदभार ग्रहण गरेका छन्। शुक्रबार नै चिनपिङ चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि निर्वाचित भएका छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनपिङले सोमबार पार्टीको संसदीय बैठकलाई सम्बोधन गर्नेछन्। अर्कोतर्फ, सी चिनपिङले सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्नेछन्।

photo : english.news.cn



प्रतिक्रिया दिनुहोस्