Logo

छड्के २ फ्लपपछि अनमोल भन्छन्, ‘आज म शून्यमा छु’



काठमाडौं, २६ फागुन । युवा पुस्तामाझ चर्चित अभिनेता अनमोल केसी अभिनित चलचित्र छड्के २ फ्लपभएपछि अनमोलले प्रतिक्रिया दिएका छन्।

गत शुक्रबारदेखि प्रदर्शन आएको चलचित्र छड्केले हलमा राम्रो प्रदर्शन गर्न नसकेपछि अनमोलका फ्यानहरु निराश भइरहेको बेला अनमोलले प्रतिक्रिया दिएका छन्।

उनले शुक्रबार फेसबुकबाट दर्शकहरुलाई निराश बनाएको भन्दै दुखी रहेको बताएका छन्।

उनले लखेका छन्, ‘नमस्कार। मलाई थाहा छ, मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ। जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुखी भएको छु। २.० छड्के मेरो नवौं सिनेमा थियो। नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्थियो। यहाँनेर म चुक्न पुगे।’

यस्तै उनले लेखेका छन्, ‘बिश्वस्त हुनुस, यो समयपनि बितेर जान्छ। घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ। म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु। दुखेका घाउहरूमा मलम लगाउने छु। अब नवौं पछिको दशौं सिनेमा दश पछिको शून्य हटेपछि बन्ने “एक” अर्थात आज म शून्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ। अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ। जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहिरहने छ। मेरो कोसिस निरन्तर जारी रहने छ।
पशुपतिनाथले हामी सबैको कल्याण गर्नुहुनेछ।’



प्रतिक्रिया दिनुहोस्