Logo

सुन्दरीजलमा नवनिर्वाचित राष्ट्रपति पौडेल (तस्बिरसहित)



काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दरीजलस्थित बिपी संग्रहालयक भ्रमण गरेका छन्। शुक्रबार पशुपतिनाथ, गुह्येश्वरी मन्दिर दर्शनपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले सुन्दरीजलस्थित बिपी संग्रहालयको भ्रमण गरेका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले संग्रहालयमा रहेको विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा माल्यार्पण गरेका छन्।

पौडेलले बिपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवासमेत रोपेका छन्। पौडेललाई संग्रहालयका अध्यक्ष परशुराम पोखरेल, बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले स्वागत गरेका छन्।



प्रतिक्रिया दिनुहोस्