Logo

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर



काठमाडौं, २६ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ। सो कार्यक्रम यही चैत २ देखि नियमित रूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजन र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा सोको निर्माता कि इन्टरटेनमेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौतामा हस्ताक्षर भएको हो। सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहीबार बेलुकी ९ बजे प्रसारण हुनेछ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ। यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ।



प्रतिक्रिया दिनुहोस्